१८० देशमा गरिएको भ्रष्टचारको सुचांकमा पहिलोमा सुडान पर्दा नेपाल पर्यो कतिमा ? — OSNepal

१८० देशमा गरिएको भ्रष्टचारको सुचांकमा पहिलोमा सुडान पर्दा नेपाल पर्यो कतिमा ?

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । १८० देशमा नेपाल भ्रष्टचारको ११७ औं स्थानमा परेको छ । मंगलबार ट्रान्सपरेन्सी इन्टरनेसनलले जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा नेपालको अवस्था पहिलेको अवस्थामा यथावत रहँदै ११७ स्थानमा परेको हो ।

त्यसैगरी भ्रष्टचारको पहिलो स्थानमा भने सुडान परेको छ । प्रतिवेदनअनुसार दक्षिण सुडान कुल १०० मा ११ अंक लिएर भ्रष्टचार हुने देशमा पहिलो स्थानमा परेको हो । त्यस्ते नेपालले ३३ अंक पाएर ११७ औं स्थानमा परेको हो ।

गत वर्ष वर्ष पनि नेपाल भ्रष्टचारको ११७ औं स्थान परेको थियो । यसबाट के रुपष्ट हुन्छ भने नेपालमा गत वर्षको तुलानामा भ्रष्टचारमा केहि सुधार नभएको प्रस्ष्ट देखिएको छ ।

नेपालको स्थान यथावत रहनुले भ्रष्टाचार नियन्त्रणमा खासै केही प्रगति हुन नसकेको ट्रान्सपरेन्सीको भनाइ छ । ‘अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

यसैगरी ,डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको प्रतिवेदनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर