वर्षमान पुन पार्टीको महासचिव बन्नेमा ढुक्क, भन्छन् यसो — OSNepal

वर्षमान पुन पार्टीको महासचिव बन्नेमा ढुक्क, भन्छन् यसो

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन पार्टीको महासचिव बन्ने पक्का भएका छन् ।

सोमबार मात्र उपचार गरी पत्नी ओनसरी घर्तीसहित हिमालयन एयरलाइन्सको कार्गो विमानबाट स्वदेश फर्किएका पुनले त्रिभुवन विमान स्थलमा सञ्चार माध्यमहरुसँगको कुराकानीमा केहि चाख लाग्दा विषय उठान गरेका थिए ।

उनले पार्टीको महासचिवमा आफ्नो दावी स्वभाविक रहेको समेत बताएका थिए । सकेसम्म आफु सहमतिमा नै महासचिव बन्ने भनेका उनले सहमति नभए आफु प्रतिष्पर्धामा नै जाने दावी समेत गरेका छन् ।

‘सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ । मलाई विश्वासछ, पार्टीले सहमतिमै टुङगो लगाउनेछ ।’ उनले भनेका थिए ।

नेता पुनले नेकपा एमालेलाई लामो समयदेखि लोकतान्त्रिक प्रक्रियालाई अवरोध गरिरहेकोमा लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्ने काम अन्त्य गर्न समेत आग्रह गरेका छन् ।

उनलाई विमान स्थलमा स्वागत गर्न पार्टीका नेता नारायणकाजी श्रेष्ठ पुगेका थिए । पार्टीको आठौं महाधिवेशन पनि नेता पुनलाई अनुपस्थितिले गर्दा पुर्ण हुन सकेको छैन ।

उपचारको क्रममा उनी चिनमा रहँदा त्यहाँका चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटघाट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर