पार्टी एकताको लागि बस्ने भनिएको नेकपाको स्थायी कमिटिको बैठक स्थगित — OSNepal

पार्टी एकताको लागि बस्ने भनिएको नेकपाको स्थायी कमिटिको बैठक स्थगित

LC (KTM) June 02, 2021 0

काठमाडौँ १९ जेठ । पार्टीका एकताको लागि भन्दै आज बोलाइएको नेकपा एमालेको स्थायी कमिटिको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्ने आज चार बजे बस्ने भनिएको बैठक अब बिहिबारका लागि स्थगित भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ बताएका छन् ।

पार्टी एकताको लागि विभिन्न चरणमा भएको छलफलको तयारीमा नपुगेको भन्दै बैठक स्थगित गरिएको हो । धेरै चासोको रुपमा लिएको यो बैठक अब भोली बस्ने भएको छ । हिजो बसेको बैठकमा पार्टी एकताको लागि अन्तिमसम्म पनि प्रयास गर्ने निष्कर्षमा पुगेको पार्टी अध्यक्ष केपी ओलीको समुहको आजको बैठक स्थगित हुुनुलाई पनि महत्व दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर