स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने विषयमा बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी — OSNepal

स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने विषयमा बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

LC (KTM) January 24, 2022 0

काठमाडौं १० माघ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक चलिरहेको छ । स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने विषयमा निर्णय गर्न बैठक बसेको बताइएको छ ।

आइतबार बसेको गठवन्धन सरकारको बैठकले स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने निणर्य गरेको थियो । सो निणर्य भएसँगै आज यस विषयमा नै छलफल गर्न बैठक बसेको हो ।

आउँदो जेठ पाँच गते स्थानीय तहको निर्वाचनको मिति सकिँदै छ । सो भन्दा अगाडी निर्वाचन गर्नु पर्ने भन्दै निर्वाचन आयोगले सरकारको ध्यानाकषर्ण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर