टेकु अस्पतालमा स्थगित भएको खोप कार्यक्रम भोलीबाट पुन सञ्चालनमा — OSNepal

टेकु अस्पतालमा स्थगित भएको खोप कार्यक्रम भोलीबाट पुन सञ्चालनमा

LC (KTM) January 24, 2022 0

काठमाडौं १० माघ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एकाएक स्थगित भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कोरोना विरुद्धको खोप कार्यक्रम पुन सञ्चालनमा आएको छ ।

अस्पतालका ५० भन्दा बढी चिकित्सक , स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । खोप अभियानका लागि अस्पतालले थप जनशक्ति व्यवस्थापन गरेकोले भोली मंगलबारबाट खोप कार्यक्रम पुन सञ्चालनमा आउने बताइएको छ ।

अस्पताल प्रशासनले आज एक विज्ञप्ती जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन गरेको भन्दै खोप कार्यक्रम नियमित गर्न लागिएको बताइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर