बतास समूहले पशुपति क्षेत्रमा सञ्चालन गर्दै आएको धर्मशालाको सम्झौता भोली मंगलबार खारेज हुने — OSNepal

बतास समूहले पशुपति क्षेत्रमा सञ्चालन गर्दै आएको धर्मशालाको सम्झौता भोली मंगलबार खारेज हुने

LC (KTM) January 24, 2022 0

काठमाडौं १० माघ । बतास समूहले पशुपति क्षेत्रमा सञ्चालन गर्दै आएको धर्मशालाको सम्झौता भोली मंगलबार खारेज हुने भएको छ ।

मंगलबार पशुपति क्षेत्र विकासको बैठक बस्ने र सोही बैठकले बताससँगको सम्झौता खारेजी गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले जानकारी दिएका हुन् ।

धर्मशालालाई पाँत तारे होटल जस्तो बनाएको भन्दै मन्त्री आलेले छानबिन समिति गठन गरेका थिए ।

उक्त समितिले सम्झौता गैरकानुनी भएको भन्दै भारतको सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा बतास समुहले सञ्चालन गरेको ‘होटल आनन्द’ को सम्झौता खारेज हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर