मकै बालीभित्र सूर्यमूखी खेती गरेर दोब्बर आम्दानी गर्दै रामपुरका किसान — OSNepal

मकै बालीभित्र सूर्यमूखी खेती गरेर दोब्बर आम्दानी गर्दै रामपुरका किसान

LC (KTM) June 02, 2021 0

काठमाडौ । रामपुर नगरपालिका– ५ स्थित बेझाड खेतमा मकै बालीभित्र सूर्यमूखी खेती । यहाँका कृषकले मकै बालीसँगै दोब्बर आम्दानी लिन सूर्यमूखी फूल पनि शुरू गर्न थालेका छन् ।

पाँच घण्टापछि आगो नियन्त्रणमा:-नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेका आगो नियन्त्रणमा आएको छ । आज बिहान उद्योग परिसरभित्रको सिजी बु्रअरीमा लागेको आगो करीब पाँच घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो ।

नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।

सिजी बु्रअरीको गोदाम घरमा लागेको आगो नियन्त्रका लागि गोदाम घरका भित्तासमेत भत्काइएको थियो । आगो नियन्त्रणमा लिन र बढ्दै गएर कम्पनीको प्लान्ट भएको क्षेत्रमा नपुगोस् भनेर गोदाम घरको भित्तासमेत भत्काएर आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

आगलागीबाट तयारी अवस्थामा रहेको बियर, अन्य पेयपदार्थ, उत्पादनका लागि राखिएका कच्चापदार्थलगायत सामग्रीमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने यकिन विवरण भने अझै नआएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर