२ छोराकी आमा बिहे गर्ने वडा सदस्य तेज बिक्रम घरैबाट पक्राउ, ४ सन्तान पिताले अर्को बिहे गरेपछि गाँउले सबै चकित — OSNepal

२ छोराकी आमा बिहे गर्ने वडा सदस्य तेज बिक्रम घरैबाट पक्राउ, ४ सन्तान पिताले अर्को बिहे गरेपछि गाँउले सबै चकित

LC (KTM) June 02, 2021 0

तेह्रथुम- बहुविवाह गर्ने वडासदस्य पक्राउ परेका छन् । प क्राउ पर्नेमा तेह्रथुमको आठराई गाउँपालिका-६ चुहान डाँडाका वडासदस्य तेज बिक्रम कन्दङवा रहेका छन् । उनले अर्को श्रीमती घरमा ल्याएपछि उनकी जेठी श्रीमती विष्णु कन्दङवाले प्रहरीमा जाहेरी दिएपछि नयाँदुलहीसँग उनी प्रकाउ परेका हुन्। कन्दङवाका ३ छोरी र १ छोरा गरी ४ सन्तान छन् ।

कन्दङवाले गत शनिबार दोस्रो विवाहका लागि अर्कैकी श्रीमती हरीकला आचार्यलाई घरमा भित्र्याएका थिए। उता हरिकालाका पनि २ छोरा छन् ।उजुरीपछि कन्दङवा र आचार्यलाई घरैबाट प क्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई म्याद थप गरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर