८ वर्षिया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा २६ वर्षीय राजु पक्राउ — OSNepal

८ वर्षिया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा २६ वर्षीय राजु पक्राउ

LC (KTM) June 02, 2021 0

मकवानपुर १९ जेठ । आठ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा थाहा नगरपालिका-६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राजुले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई यौन दुरुपयोग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर