पहिलो पटक कोरोना जितेका प्रहरी हवल्दार वेदराजले दोस्रो पटक कोरोना भएपछि हारे, उपचारका क्रममा निधन — OSNepal

पहिलो पटक कोरोना जितेका प्रहरी हवल्दार वेदराजले दोस्रो पटक कोरोना भएपछि हारे, उपचारका क्रममा निधन

LC (KTM) June 02, 2021 0

विराटनगर – जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत नेपाल प्रहरीका एकजना हवल्दारको कोरोनाका कारण निधन भएको छ । र प्रहरी हवल्दार ४० वर्षीय वेदराज भण्डारीको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान नि  धन भएको हो । जेठ १६ गते कोरोना पुष्टि भएका भण्डारीलाई सुरुमा आइसीयूमा राखेर उपचार थालिएको थियो ।

कोरोना पुष्टि भएको भोलिपल्ट जेठ १७ गते सोमबार अस्पताल भर्ना गरिएका हवल्दार भण्डारीलाई स्वास्थ्य अवस्था ग म्भीर बनेपछि थप उपचारका लागि भेन्टिलेटरमा राखेर,उपचार गरेपछि पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । कटहरी क्षेत्रमै कोरोना नियन्त्रणका लागि सक्रिय रहेका बेला पीसीआर परीक्षण गराउँदा पहिलो पटक जेठ ३ गते उनलाई कोरोनाको संक्रमण पुष्टि भयो । त्यसपछि उपचारका लागि कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

उपचारपछि निको भएर कोरोनामुक्त हुँदै हवल्दार भण्डारी अस्पतालबाट जेठ १३ गते डिस्चार्ज पाएर घर फर्किएपछि पुनः पीसीआर परीक्षण गराउँदा जेठ १६ गते आइतबार दोस्रो पटक उनको रिपोर्ट पोजिटिभ आएको थियो । ‘पहिलो पटक कोरोना रिपोर्ट पोजिटिभ आएसँगै कोसी कोभिडमा उपचार गराएर संक्रम णमुक्त भएपछि अवस्था सामान्य बनेको थियो,’ राईले भने, ‘तर पुनः परीक्षण गराउँदा दोस्रो पटक संक्रमण देखिएपछि उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर