कोरोनाका कारण ३६ घण्टाको अन्तरालमा एकै परिवारका ३ जनाको मृत्यु, बाँचेका एक जना पनि अस्पताल भर्ना भएपछि दाग बत्ती पनि दिन पाएनन् — OSNepal

कोरोनाका कारण ३६ घण्टाको अन्तरालमा एकै परिवारका ३ जनाको मृत्यु, बाँचेका एक जना पनि अस्पताल भर्ना भएपछि दाग बत्ती पनि दिन पाएनन्

LC (KTM) June 02, 2021 0

विराटनगर-कोरोनाका कारण दुई दिनमा एकै परिवारका तीन जनाको मृ त्यु भएको छ ।विराटनगर–१ मा एकै परिवारका १ वर्षीया आमा, ६२ वर्षीय छोरा र ५६ वर्षीया बुहारीको मृ त्यु भएको हो । यसरी ३६ घण्टाको अन्तरालमा एकै परिवारका ३ जनाको निधन भएपछि गाँउ नै शोकमा डुबेको छ । हजुरआमा र आमाबुबा गुमाएका दिवस ढुंगाना अहिले कोसीको कोभिड अस्पतालमा उपचाररत छन् ।

उनीसहित परिवारका चार जनामा संक्रमण देखिएपछि सबैलाई साताअघि कोभिड अस्पताल भर्ना गरिएको थियो  आफू पनि संक्रमित भएर अस्पताल भर्ना भएका कारण दिवसले दागबत्ती समेत दिन पाएनन् ।सासू–बुहारी दुवैको अन्त्ये ष्टि आइतबार बिहान एकसाथ गरिएको न्यौपानेले बताए ।

विदुरलाई उनका भाइ विक्रमले दागबत्ती दिएको चौबीस घण्टा नबित्दै उनले आमा र भाउजूलाई पनि दागबत्ती दिएका थिए । दिवसको स्वास्थ्यमा सुधार भइरहेको छ । उनकी पत्नी र बालबच्चालाई इटहरीस्थित ससुरालीमा राखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर