त्रिविका सबै परिक्षा स्थगित, १० गते देखि हुँदै थियो एलएलबीको तेस्रो वर्षको परिक्षा — OSNepal

त्रिविका सबै परिक्षा स्थगित, १० गते देखि हुँदै थियो एलएलबीको तेस्रो वर्षको परिक्षा

LC (KTM) January 20, 2022 0

काठमाडौं ६ माघ । कोरोना संक्रमणको कारण त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित भएको छ ।

लोक सेवा आयोगले लिखित परिक्षा स्थगित गरेसँगै त्रिविले नि आफ्नो सबै परिक्षा स्थगित गरेको हो ।

भोली शुक्रबार र शनिबार हुने प्रवेश परीक्षा भने यथावत रहने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन् ।

यो पछिका सबै परिक्षा भने अर्को सुचना जार ि नभएसम्म स्थगित भएको जनाएका हुन् ।

त्रिविले यही माघ १० गते देखि तीन वर्षे एलएलबीको तेस्रो वर्षको र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी गरेको थियो ।

त्रिविले जारी गरेको विज्ञप्ती;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर