सीके राउतलाई मन्त्री यादवले दिइन् ज्यान मार्ने धम्की भनिन् : सिके राउत इतिहास नभुल्नुस् राइस मिल घटना दोहोरिएला — OSNepal

सीके राउतलाई मन्त्री यादवले दिइन् ज्यान मार्ने धम्की भनिन् : सिके राउत इतिहास नभुल्नुस् राइस मिल घटना दोहोरिएला

LC (KTM) January 20, 2022 0

काठमाडौं ६ माघ । भौतिक पुर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिएकी छन् । जनता समाजवादी पार्टीकी मन्त्री यादवले आफुसँग टकराए मारिने सक्ने धम्की राउतलाई दिएकी हुन् ।

गौरमा बलिदानी दिवस मनाउन सहभागी भएकी मन्त्री यादवलाई सिके राउतका कार्यकर्ताहरुले अवारेध गर्न खोजेपछि उनले राइस मिल घटना दोहोरिन सक्ने भन्दै यस्तो चेतावनी दिएकी हुन् ।

‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर,लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’सम्बोधनका क्रममा उनले भनिन् ।

पटक पटक राइस मिल घटना नबिर्सन भन्दै उनले सिके राउतलाई चेतावनी दिँर्द भनेकी छन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’

आफु बलिदानी दिवसमा आएर हिंसा नगर्ने भनेकी उनले राउतलाई आँट भए सिंहदरबार घेराउ गरेर देखाउन समेत चुनौती दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर