संसद विघटन प्रतिगमन हो भन्दै आएका सत्ता गठवन्धन लाग्यो अर्ली इलेक्शन गर्नेतर्फ , स्थानीय तहको चुनाव कात्तिकमा गर्ने — OSNepal

संसद विघटन प्रतिगमन हो भन्दै आएका सत्ता गठवन्धन लाग्यो अर्ली इलेक्शन गर्नेतर्फ , स्थानीय तहको चुनाव कात्तिकमा गर्ने

LC (KTM) January 20, 2022 0

काठमाडौं ६ माघ । अन्तत देश अर्ली इलेक्शन गर्नेतर्फ गर्माएको छ । पाँच दलीय सत्ता गठवन्धनले संसदको चुनाव बैशाखमा गरेर मात्र कात्तिकमा स्थानीय तहको निवार्चन गर्ने तिर छलफल अगाडी बढाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि कात्त्तिकमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिइसकेका छन् । यसो त अध्यक्ष प्रचण्डले संसदको गतिरोध हटाउन भन्दै यस्तो सुझाव दिएका हुन् ।

एमाले गत भदौ २३ गते देखि निरन्तर संसद अवरोध गर्दै आएको छ । त्यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि चुनावको पक्षमा रहेको छ तथापी स्थानीय चुनाव भने निर्वाचन आयोगले तोकेको मितिमा नै गर्नुपर्ने एमालेको सर्त रहेको छ ।

यस भन्दा अघि एमालेको सरकार छदाँ पनि अध्यक्ष केपी ओलीले दुई पटक संसद विघटन गरी चुनावको घोषणा गरेका थिए । जसको पक्षमा वर्तमान प्रधानमन्त्री शेरबहादुर पनि थिए ।

आयोगले स्थानीय तहको चुनाव समयमा नै नभए संवैधानिक संटक आउने संकेत दिइसकेका छन् । यो अवस्थामा एमाले स्थानीय तहको निवार्चन तोकिएको समयमा नै गराउनुपर्छ भन्दै सत्ता पक्षलाई दवाव दिइरहेको छ ।

भने सत्ता पक्ष एमालेको कारण देखाउँदै संसद अवरोध अन्त्य गर्न पहिला चुनाव गरेर मात्र स्थानीय तहको निर्वाचन गर्ने छलफलमा जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर