सन्दीपको टोली होबार्टको मेलबर्न संग लज्जास्पद हार , ४ ओभर बलिङ गरेका सन्दीपले ५२ रन खर्चिए — OSNepal

सन्दीपको टोली होबार्टको मेलबर्न संग लज्जास्पद हार , ४ ओभर बलिङ गरेका सन्दीपले ५२ रन खर्चिए

LC (KTM) January 19, 2022 0

सन्दीप लामिछानेको टोली होबार्ट हरिकेन्स बिग बास लिग बीबीएल टी ट्वान्टी क्रिकेटमा पराजित भएको छ । आज सम्पन्न खेलमा होबार्ट मेलबर्न स्टार्ससँग १ सय ६ रनको बिशाल अन्तरले पराजित भएको हो । मेलबर्नले होबार्ट समक्ष २ सय ७४ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सकेको थियो ।

होबार्टका लागि बेन म्याकडोरमेटले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । तर पनि हार टार्न सकेनन् । डीआर्ची सर्टले अविजित ४१ रन जोड्दा पिटर ह्यान्ड्सकम्बले २८ रन बनाए । मेलबर्नका ब्रोडी कोउचले ३ विकेट लिएका थिए । यस अघि पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा २ विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो ।

मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले अविजित रहदै १ सय ५४ रनको शतकीय इनिङ्स खेले । यस्तै मार्कुस स्टोनिसले अविजित ७५ रनको अर्धशतकीय इनिङ्स खेल्दा जोइ क्लार्कले ३५ रन बनाए । होबार्टका जोश खान र जोर्डन थम्पसनले एक एक विकेट लिए । सन्दीपले भने कुनै पनि विकेट लिन सकेनन् । उनले ४ ओभर बलिङ गर्दै ५२ रन खर्चिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर