ब्रोकाउली खेतीबाट मनग्य आम्दानी गर्दै शुक्लाफाँटका किसान — OSNepal

ब्रोकाउली खेतीबाट मनग्य आम्दानी गर्दै शुक्लाफाँटका किसान

LC (KTM) January 19, 2022 0

शुक्लाफाँटा नगरपालिका– ८, बेलडाँडीका किसान बारीमा रोपेको ब्रोकाउलीखेती । ब्रोकाउली खेतीबाट किसानले मनग्य आम्दानी गर्दै आएका छन् ।

वडाध्यक्षमाथि अज्ञात व्यक्तिद्वारा ढुङ्गा प्रहार-सङ्खुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको छ । मङ्गलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राई माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो ।

गाउँपालिकाको हिउँदे सभामा सहभागी भएर घर फर्किने क्रममा वडा नम्बर २ को ६ टर्निङ भन्ने ठाउँमा पुगेपछि आफूमाथि ढुङ्गा प्रहार भएको वडाध्यक्ष राईले बताउनुभयो । अज्ञात व्यक्तिको ढुङ्गा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते हुनुभएको छ । ढुङ्गा प्रहारबाट ढाड, हातमा चोट लागेको वडाध्यक्ष राईले बताउनुभयो । ढुङ्गा प्रहारबाट वडाध्यक्ष राई प्रयोग गर्ने बा१व १४५३ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको राईले बताउनुभयो । वडाध्यक्ष राई गाउँपालिकाबाट मोटरसाइकलमा घर फर्किने क्रममा अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको थियो । वडाध्यक्ष राईमाथि ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

चिचिला गाउँपालिकाले वडा नम्बर २ का अध्यक्षलाई ढुङ्गा प्रहार गरिएको घटनाको भत्र्सना गरेको छ । मङ्गलबार साँझ भएको घटनाको विरोध गर्दै विज्ञप्तिमार्फत घोर भत्र्सना गरेको हो । गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा संलग्न जो कोही भए पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइने बताइएको छ । लोकतान्त्रिक शासन पद्धतिमा नागरिकको माग लोकतान्त्रिक ढङ्गले सम्बोधन गर्ने व्यवस्था हुँदा हुँदै पनि जिम्मेवार व्यक्तिमाथि साङ्घातिक आक्रमण हुनु निन्दनीय भएको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर