यही माघ ११ गतेबाट सुरु उपसचिवको परीक्षा स्थगित गर्ने तयारीमा लोक सेवा आयोग — OSNepal

यही माघ ११ गतेबाट सुरु उपसचिवको परीक्षा स्थगित गर्ने तयारीमा लोक सेवा आयोग

LC (KTM) January 19, 2022 0

काठमाडौं ५ पौष । लोक सेवा आयोगले यही माघ ११ गतेबाट सुरु उपसचिवको परीक्षा स्थगित गर्ने भएको छ । कोरोना संक्रमण तिव्र रुपमा फैलिएको कारण परिक्षा स्थगित गर्ने विषयमा छलफल सुरु भएको छ ।

भोली बिहिबार बस्ने आयोगको नियमित बैठमा परिक्षा स्थगितको निर्णय गर्ने बुझिएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले दिएको जानकारी अनुसार दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएकाले परिक्षा स्थगित गर्ने विषयमा छलफल भएको हो ।

उनले अहिलेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड बमोजिम परीक्षा सञ्चालन गरिरहेका छौं, अब के गर्ने भनेर आयोगमा अनौपचारिक छलफल शुरु भएको जानकारी समेत दिएका छन् ।

आयोगा कर्मचारीमा पनि कोरोना सक्रमण देखिदै गएको छ । उपत्यकामा बढ्दै गएको संक्रमणले गर्दा काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवा स्थगित गरिसकेका छन् । हाल आयोगले संगठित संस्थाहरुको परीक्षा सञ्चालन गरिरहेको छ ।

हिजो मात्र १० हजार बढीमा संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर