लोकतन्त्र तलमाथि नपरोस भनेर एमाले चुनावको लागि हतारिएको हो : विष्णु रिमाल — OSNepal

लोकतन्त्र तलमाथि नपरोस भनेर एमाले चुनावको लागि हतारिएको हो : विष्णु रिमाल

LC (KTM) January 19, 2022 0

काठमाडौ ५ माघ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आफ्नो पार्टी हार्ने पार्टी नभएको जिकिर गरेका छन् ।

एक कार्यक्रममा सहभागी भएका नेता रिमालले एमालेले हार्दापनि जित्ने र जित्दा त यसै जित्ने नै भन्दै यस्तो बताएका हुन् ।

लोकतन्त्र तलमाथि नपरोस भनेर आफ्नो पार्टी चुनावको लागि हतारिएको समेत उनले कार्यक्रममा बताएका छन् ।

आफूहरु संविधान र कानूनलाई उल्लंघन गर्ने पक्षमा नरहेको दावी गरेका उनले सत्ता गठबन्धनले चुनाव हार्ने ठोकुवा समेत गरेका छन् ।

वर्तमान गठवन्धन सरकारले सही काम गर्न नसकेको बताएका उनले जनताले यो सरकारको चालामाला बुझिसकेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर