काठमाडौं ५ माघ । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले पीसीआर परिक्षण निशुल्क गरी प्राइभेट ल्याबलाई सस्तोमा ल्याए संक्रमण फैलिन नपाउने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा जनस्वास्थ्यविद् डा. पाण्डेले यस्तो बताएका हुन् ।
कोरोना संक्रमण बढ्दो रफ्तारमा भएकालेले अब माघ महिनामा दैनिक बढेर उच्च विन्दुमा पुग्ने भएकाले विष्फोटक अवस्था आउन सक्छ र त्यो स्थिति ओर्लिन दुई महिना लाग्न सक्ने उनले बताएका छन् ।
‘महामारीमा विभिन्न लहर आउँछन्, भारतमा फैलेको दुई-तीन हप्तामा नेपालमा फैलिन्छ भन्ने हामीलाई थाहा थियो । तर सीमा नाका टाइट गर्न सकिएन । परीक्षणको दायरा बढ्न सकेन । कन्ट्याक्ट ट्रेसिङ छैन । पूर्वतयारीमा हामी चुक्यौं ।’ उनले भने ।
लकडाउन या सीमा नाका बन्द गर्ने फर्मुला पुरानो भएको बताएका उनले सरकारले स्मार्ट लकडाउन भने पनि त्यस्तो अनुभूति नभएको बताएका छन् । सिनेमा हल बन्द गर्दैमा स्मार्ट लकडाउन नहुने भन्दै उनले शब्दकै बेइज्जत हुने गरी भीडभाड भएको बताएका छन् ।
‘ओमिक्रोन बढी फैलिने तर डेल्टाभन्दा कमजोर भाइरस हो । दीर्घरोगीमा प्रवेश गरेपछि अस्पताल भर्ना हुने दर बढ्छ । अस्पतालको क्षमताले धान्न नसक्दा लकडाउन बाध्यतात्मक हुन सक्छ । स्वास्थ्य मापदण्डमा कडिकडाई हुन सक्यो भने पूर्ण लकडाउनमा जानु पर्दैन । लकडाउन गर्न सजिलो भए पनि खोल्न गाह्रो हुन्छ ।’ उनले भने ।
। जनस्वाथ्यको मापदण्ड पालनामा कडाई गर्नुपर्छ । मास्क सबैले लगाउनुपर्छ भनेका उनले खोप असमानता हटाउनुपर्छ र परिस्थितिलाई मध्यनजर गरी अक्सिजन प्लान्ट, भेन्टिलेटर र आईसीयूको व्यवस्था गरिनुपर्ने बताएका छन् ।