काठमाडौं ५ माघ । काठमाडौंको जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि आज बुधबारबाट लागू हुनेगरी सेवा कटौती गरिएको छ ।
नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण जस्ता कामहरु स्थगित गरिएको छ ।
राहदानी विभागले विदेशमा उपचार गर्न जानेजस्ता गम्भीर प्रकृतिकाबाहेक अत्यावश्यक सेवा हाललाई स्थगित गरेको जानकारी गराएको छ ।