काठमाडौं ५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले उठाउँदै आएको पहिचान सहितको संघीयताको मर्म अनुसार प्रदेश २ को नाम मधेस र राजधानी जनकपुर चयन भएकोमा बधाइ शुभकामना दिएका छन् ।
बुधबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष प्रचण्डले प्रदेश नं, २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकाम रराजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पुर्ण सदस्यहरु र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना गरेका छन् ।
उनले भनेका छन् , हाम्रो पार्टीले उठाउदै आएको पहिचान सहितको संघीयताको मर्म अनुसार नै प्रदेश नं, २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकाम रराजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पुर्ण सदस्यहरु र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु।
प्रदेशको नाममा मधेस र प्रदेश राजधानी जनकपुरमा दुईतिहाइ मत परेको थियो ।