बागमती प्रदेशमा कोरोनाका कारण २७ जनाको मृत्यु, काठमाडौंका मात्रै ९ जना — OSNepal

बागमती प्रदेशमा कोरोनाका कारण २७ जनाको मृत्यु, काठमाडौंका मात्रै ९ जना

LC (KTM) June 02, 2021 0

काठमाडौं-कोरोना संक्रमणका कारण बागमती प्रदेशमा थप २७ जनाले ज्यान गुमाएका छन् । जसमा काठमाडौका ९ जना रहेका छन् । बितेको २४ घण्टामा १३ जिल्लाका ८ जना महिला र १९ जना पुरुषको मृत्यु भएको हो ।

यसैगरी ललितपुरमा ४ जना, भक्तपुरमा ३ जना, काभ्रेमा ६ जना, नुवाकोटमा २ जना, चितवन, रामेछाप र मकवानपुरमा १÷१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो बागमती प्रदेशमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ४ सय २४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस- भारतमा मगंलबारको तुलनामा थपिए केही बढी संक्रमित : दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ३३ हजार २२८ जनामा संक्रमण भएको छ । यो संख्या मंगलबारको तुलनामा ७ हजारले बढी हो ।

यो सँगै भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ३३ हजार २२८ जनामा संक्रमण भएको छ । यो संख्या मंगलबारको तुलनामा ७ हजारले बढी हो ।। संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२ हजार २५७ पुगेको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २८ सय ५ संक्रमितको मृत्यु भएको छ ।पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ३५ हजार ११४ पुगेको छ । निक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा यो संख्या ३ हजार आसपासमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर