काठमाडौं उपत्यकामा स्मार्ट लकडाउनलाई परिमार्जन गर्दै नयाँ आदेश जारी — OSNepal

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउनलाई परिमार्जन गर्दै नयाँ आदेश जारी

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । काठमाडौं उपत्याकामा कोरोना संक्रमण बढेसँगै सरकारले सार्वजनिक यातायातमा थप कडाइ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि जारी गरेको स्मार्ट लकडाउनलाई परिमार्जन गर्दै नयाँ आदेश जारी गरेको हो ।

आज मंगलबार एक सुचना जारी गर्दै प्रशासनले यातायातमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने र सबै यात्रुलाई अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिएको छ ।

आज राति १२ बजेदेखि सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिसहरु भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न रोक लगाएको छ ।

भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने भएमा जनश्वासस्थ्यका मापदण्ड पालना गरी २५ जना भन्दा बढी उपस्थित नहुन आग्रह गरेको छ ।

प्रशासनले सार्वजनिक यातायातमा यात्रा गर्दा यस्तो नियम लागु गरेको छ

१. सबै यात्रुले अनिवार्य मास्कको प्रयोग गर्ने
२. सिट क्षमता भन्दा बढी यात्रु नराख्ने
३. सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्नेगरी स्यानिटाइजरको व्यवस्था गर्ने
४. चालक र सहचालकले मास्क र फेससिल्ड अनिवार्य लगाउनुपर्ने
५. सवारीसाधनलाई दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने
६. सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा ५ रुपैयाँ लिई मास्क उपलब्ध गराउने
७. मास्क नलाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर