ललितपुरमा मंगलवार रातिदेखि लागू हुने गरी निषेध आदेश जारी — OSNepal

ललितपुरमा मंगलवार रातिदेखि लागू हुने गरी निषेध आदेश जारी

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनो संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलवार रातिदेखि लागू हुने गरेर निषेध आदेश जारी गरेको छ ।

राति १२ बजेबाट लागु हुने गरी जारी गरिने निषेधाज्ञामा आमसभा, जुलुस, भेला लगायतका गतिविधि माघ मसान्तसम्म सञ्चालन गर्न नपाइने भएको छ । साथै सिनेमा हल, दोहोरी साँझ डान्सबारहरूलगायतका मनोरञ्जनका क्षेत्रहरू माघ १५ सम्म वन्द गरिएको छ ।

 भौतिक  उपस्थितिमा     कार्यक्रम गर्नुपरे    कार्यक्रममा  सहभागी  सबै कोरोना विरुद्धको  खोप लगाएको    व्यक्ति हुनुपर्ने   र सबैले अनिवार्य    रपमा   खोप लगाएको   कार्ड  साथमा  राख्नुपर्ने    प्रशासनले आदेश   दिएको   छ  ।   साथै  यस्तो  कार्य्रममा   २५ जना भन्दा  बढी   सहभागी    नहुन   प्रशासनले आग्रह   गरेको  छ  । 

साथै विद्यालयहर पनि माघ १५ गते सम्म बन्द गरिएको छ । माघ ७ गतेदेखि सबै सार्वजनिक निकायका सेवा प्राप्त गर्न खोपकार्ड ९मोबाइलमा फोटो भए पनि हुने० अनिवार्य गरिएको छ ।

जुनसुुकै क्षेत्रमा काम गर्ने कर्मचारीलाई कोरोना संक्रमण भएपनि पाँच दिन क्वारेन्टिन बस्ने र ५ दिनपछि कोरोना परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमात्र काममा आउनुपर्ने, तथा स्थाको साधारण सभा वा बैठकमा भर्चुअल र भौतिक उपस्थितिलाई समेत गणपूरक संख्या मान्नुपर्नेलगायतका आदेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर