स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता गठबन्धनका नेताहरु सहमत — OSNepal

स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता गठबन्धनका नेताहरु सहमत

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता गठबन्धनका नेताहरु सहमत भएका छन् । आज मगंलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठवन्धनदलहरुको बैठकमा यस्तो सहमत भएको हो ।

बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल र समयमै निवार्चन गर्न सहमत समेत भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । यस विषयमा थप छलफल गर्न बिहिबार अर्को बैठक बस्ने समेत भएको छ ।

बैठकमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल बैठकमा उपस्थित नभएकोले गर्दा स्थानीय तहको चुनावको मितिबारे निणर्य नभएको बैठकमा सहभागी मा‌ओवादी नेता देवप्रसाद गुरुङले जानकारी दिएका छन् ।

‘संवैधानिक व्यवस्था अनुसार चुनाव गर्ने भन्ने छ तर मितिका बारेमा टुंगो लागेको छैन । माधव नेपाल र उपेन्द्र यादव अनुपस्थित भएकाले सैद्धान्तिक छलफल मात्रै भयो,’ गुरुङले भने ।

आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै निर्वाचन आयोगले सरकारलाई सुझाव दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर