इन्द्रेणीका विविध रंग देखिदा आकाशै खस्छ भन्ने मूर्ख र ठगहरू कुनै दिन इतिहासको कठघरामा उभिनैपर्छ : बाबुराम — OSNepal

इन्द्रेणीका विविध रंग देखिदा आकाशै खस्छ भन्ने मूर्ख र ठगहरू कुनै दिन इतिहासको कठघरामा उभिनैपर्छ : बाबुराम

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले मधेश प्रदेश नामाकरणको ऐतिहासिक महत्व सबैले बुझ्न आवश्यक रहेको बताएका छन् ।

सोमबार मतदान प्रक्रियाबाट प्रदेश २ को स्थायी नाम मधेष र राजधानी जनकपुर कायम भएको थियो ।

‘मधेश प्रदेश नामाकरणको ऐतिहासिक महत्व सबैले बुझौं१यो कसैको दयाले नभै मधेसी जनताले आफ्नो पहिचानरअधिकारकोनिम्ति गरेको वलिदानको फल हो।अरू जातिरराष्ट्रियताले पनि ढिलोछिटो प्राप्त गर्नैपर्छ।’ भट्टराईले भनेका छन् ।

उनले मधेश प्रदेशका माननीय प्रदेशसभा सदस्यहरूहरुलाई धेरै धेरै बधाइ तथा धन्यवाद समेत दिएका छन् ।

‘तपाईंहरूले जातीयरक्षेत्रीय पहिचान र अधिकार सहितका संघीय प्रदेशकोनिम्ति सहादत र उच्च बलिदान दिने जनयुद्ध,मधेश विद्रोहरआन्दोलनका शहीद र योद्धाहरूको सम्मान गर्नुभएको छ।अरू प्रदेशहरूले पनि सिकून१ जय मधेश प्रदेश!!’ उनले अघि भनेका छन् ।

नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत इन्द्रेणीका विविध रंग देखिदा आकाशै खस्छ भन्ने मूर्ख र ठगहरू कुनै दिन इतिहासको कठघरामा उभिनैपर्छ१ भनेका छन् ।

उनले लेखेका छन्,’ मधेश प्रदेश नामाकरणको ऐतिहासिक महत्व सबैले बुझौं!यो कसैको दयाले नभै मधेसी जनताले आफ्नो पहिचानरअधिकारकोनिम्ति गरेको वलिदानको फल हो।अरू जातिरराष्ट्रियताले पनि ढिलोछिटो प्राप्त गर्नैपर्छ।इन्द्रेणीका विविध रंग देखिदा आकाशै खस्छ भन्ने मूर्ख र ठगहरू कुनै दिन इतिहासको कठघरामा उभिनैपर्छ!’

‘धेरै धेरै बधाइ तथा धन्यवाद मधेश प्रदेशका माननीय प्रदेशसभा सदस्यहरू ! तपाईंहरूले जातीयरक्षेत्रीय पहिचान र अधिकार सहितका संघीय प्रदेशकोनिम्ति सहादत र उच्च बलिदान दिने जनयुद्ध,मधेश विद्रोहरआन्दोलनका शहीद र योद्धाहरूको सम्मान गर्नुभएको छ।अरू प्रदेशहरूले पनि सिकून! जय मधेश प्रदेश!!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर