हामी खड्ग ओलीको व्यवहारबाट आजित भएर विद्रोह गरेका मानिस हौं : मन्त्री झाँक्री — OSNepal

हामी खड्ग ओलीको व्यवहारबाट आजित भएर विद्रोह गरेका मानिस हौं : मन्त्री झाँक्री

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफुहरु नेकपा एमालेका अध्यक्ष केपी ओलीबाट आजित भएर विद्रोह गरेका मानिस भएको बताएका छन् ।

ओलीले अराजकताका लागि संसद् विघटन गरेको आरोप लगाएकी मन्त्री झाँक्रीले नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ यस्तो बताएकी हुन् ।

‘खड्ग ओलीले चुनाव चाहेर दुईदुई पटक संसद् विघटन गरेका हुन् त ? उनले लोकतन्त्रका लागि होइन, अराजकताका लागि संसद् विघटन गरेका हुन् । हामी खड्ग ओलीको व्यवहारबाट आजित भएर विद्रोह गरेका मानिस हौं । उनलाई ब्रेक लगाएर हामी आएका हौं’ ।

कार्यक्रममा मन्त्री झाँक्रीले अध्यक्ष केपी ओलीलाई चाहियो भन्दैमा अर्ली इलेक्सन आफुहरुले नगर्ने पनि स्पष्ट पारेकी छन् । ‘हामी दलहरुबीच सहमति गरेर निर्वाचन घोषणा गर्छौं । तर सस्तो लोकप्रियताका लागि खड्ग ओलीले जस्तो हावादारी घोषणा गर्दैनौं ।’ उनले कार्यक्रममा अघि भनिन् ।

ओलीको चाहना चुनावभन्दा पनि अराजकता रहेको आरोप समेत उनले लगाएकी छन् । यही माघ १२ गते राष्ट्रिय सभा सदस्यको निवार्चन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर