मन्त्री आलेको निजी सचिवालयमा कार्यरत दुई जनामा कोरोना संक्रमण — OSNepal

मन्त्री आलेको निजी सचिवालयमा कार्यरत दुई जनामा कोरोना संक्रमण

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार मन्त्री आले र उनको स्वकीय सचिव हेमन्त रेग्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसको भोली पल्ट आज मंगलरबा उनको प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जानकारी दिएको हो ।

हाल मन्त्री आलेसहित सबै जना आइसोलेसनमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर