एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना सङ्क्रमण — OSNepal

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना सङ्क्रमण

LC (KTM) January 18, 2022 0

काठमाडौँ-नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना सङ्क्रमण भएको छ । आज पीसीआर परीक्षणका क्रममा उहाँलाई सङ्क्रमण भएको हो । सङ्क्रमण भएपछि उहाँ होम आइसोलेशनमा रहनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई पनि सङ्क्रमण भएको थियो । यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ, एमाले महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, सुजिता शाक्यलगायतलाई सङ्क्रमण भएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर