कु गरेर शासन सत्ता कब्जामा लिएको म्यानमारको सेना निरन्तर दबाबमा पर्दै गएको छ । सत्ता कब्जा गरेको चार महिनापछि पनि म्यानमारको सेना प्रदर्शन रोक्न असफल भएको छ ।
अहिले पनि दैनिकरुपमा हजारौको भिड सेनाको बिरुद्ध उर्लिरहेको छ । प्रजातन्त्रको पुर्नवाहली र नेतृ आङसाङ सूकीसहितका नेताहरूको रिहाइको माग गर्दै अहिले पनि विभिन्न क्षेत्रमा प्रदर्शन भएको छ । प्रजातन्त्रवादी समर्थकहरू धेरै जिल्लाहरूमा मंगलबार सडकमा उत्रेका छन् ।
प्रमुख व्यापारिक केन्द्र यान्गुनमा युवा प्रदर्शनकारीहरूको एउटा ठूलो समूहले सेनाविरोधी प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा थुप्रै स्थानमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच व्यापक झडप भएको छ ।
सेनाका तर्फबाट थुप्रै पटक फायरिङ भएको सामाचार संस्था रोयटर्सले जनाएको छ । म्यानमारको सेनाले आंग सान सुकी र उनको पार्टीका वरिष्ठ नेताहरूलाई अझै रिहा गरेको छैन ।