खार्तुम, ३ माघ -सुडानमा तीन महिना अघि भएको सैनिक विद्रोहको विरोधमा सोमबार हजारौँ सडकमा उत्रिएका छन् । ती प्रदर्शनलाई दबाउन सुरक्षा बलहरूले अश्रु ग्यास प्रहार गरेको एएफपी संवाददाताले बताएका छन् ।सुडानको झण्डा बोकेका प्रदर्शनकारी राजधानी खार्तुमलगायत अन्य सहरमा भेला भएका थिए भने सुरक्षा अधिकारीहरू पनि ठूलो सङ्ख्यामा खटिएका थिए ।
एकअर्काप्रतिको सम्मानका आधारमा समृद्धिः राष्ट्रपति सी-चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार एकअर्काप्रतिको सम्मानका आधारमा विभिन्न देश र सभ्यताहरू मिलेर समृद्धि हाँसिल गर्न मतभिन्नतालाई पन्छाएर साझा आधार खोज्ने बताउनुभएको छ। विश्व आर्थिक मञ्चको २०२२ भर्चुअल सत्रमा विशेष सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले उक्त टिप्पणी गर्नुभएको हो।