वीरगञ्जविरुद्ध षडयन्त्र गरेर जनकपुरलाई प्रदेशको स्थायी राजधानी कायम गरिएको भन्दै वीरगञ्जमा मुख्यमन्त्री राउतको पुत्ला दहन — OSNepal

वीरगञ्जविरुद्ध षडयन्त्र गरेर जनकपुरलाई प्रदेशको स्थायी राजधानी कायम गरिएको भन्दै वीरगञ्जमा मुख्यमन्त्री राउतको पुत्ला दहन

LC (KTM) January 17, 2022 0

वीरगञ्ज ३ माघ । प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम भए लगत्तै मुख्यमन्त्री लालबाबु राउत वीरगञ्जमा पुत्ला दहन गरिएको छ ।

मुख्यमन्त्री चोर जिल्ला छोड, ‘मुख्यमन्त्री चाहिँदैन वीरगञ्जलाई बेच्न पाइँदैन’, ‘मुख्यमन्त्री लालबाबु राउत गद्दी मुर्दाबाद’ लगायत नारा लगाउँदै वीरगञ्ज वासीले मुख्यमन्त्री राउतो पुत्ला दहन गरेका हुन् ।

वीरगञ्जको घण्टाघरबाट निकालिएको ¥याली नगर परिक्रमा गर्दै पुनः घण्टाघरमा पुगेर मुख्यमन्त्रीको पुतला दहन गरेको थियो ।

राउत वीरगञ्जको स्थानीय हुँदाहुँदै उनले वीरगञ्जविरुद्ध षडयन्त्र गरेर जनकपुरलाई प्रदेशको राजधानी भन्दै स्थानीय युवाहरुले विरोध जनाएका हुन् ।

सोमबार भएको स्थायी राजधानी जनकपुरको पक्षमा उपस्थित कुल ९९ सांसद मध्ये ७८ सांसदको मत परेको थियो । त्यसैगरी प्रदेशको नाम मधेस रहन गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर