ईटालियन प्रशिक्षक कार्लो एन्सेलोटी अब स्पेनिस क्लब रियल मड्रिडको मुख्य प्रशिक्षक बन्ने पक्का — OSNepal

ईटालियन प्रशिक्षक कार्लो एन्सेलोटी अब स्पेनिस क्लब रियल मड्रिडको मुख्य प्रशिक्षक बन्ने पक्का

LC (KTM) June 01, 2021 0

ईटालियन प्रशिक्षक कार्लो एन्सेलोटी अब स्पेनिस क्लब रियल मड्रिडको मुख्य प्रशिक्षक बन्ने भएका छन् । उनलाई मड्रिडले मुख्य प्रशिक्षक नियुक्त गर्ने भएको हो ।मुख्य प्रशिक्षक जिनेदान जिदानले क्लब छाडेपछि रियलले पूर्व प्रशिक्षक एन्सेलोटीलाई ल्याउन लागेको हो ।

एन्सेलोटीले यसअघि २०१३ देखि १५ सम्म रियलको टिम सम्हालेका थिए । अन्तराष्ट्रिय समाचार संस्थाहरुले रियलले इटालियन प्रशिक्षक एन्सेलोटीलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने जनाएका छन् ।

रियलको पहिलो रोजाईमा एन्सेलोटी रहेको मार्काले जनाएको छ ।रियलले चाडै उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको घोषणा गर्ने मार्काले जनाएको छ । ६१ वर्षीय अनुभवी प्रशिक्षक इंग्लिस क्लब एभर्टनको मुख्य प्रशिक्षक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर