मुगुमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु — OSNepal

मुगुमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु

LC (KTM) June 01, 2021 0

मुगु १८ जेठ- कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक यहाँ एक वृद्धको ज्या न गएको छ । मृ त्य हुनेमा छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार ती बृद्धालाई अस्पताल ल्याउनेक्रममा आज बाटोमा नै निधन भएको थियो । एकहप्तादेखि बिरामी हुँदा पनि ती बृद्धा अस्पतालमा जान नमानि घरमा नै रही जडिबुटी सेवन गर्नुभएको बताइएको छ । बृद्धाको मृ त्युपछि गरिएको एन्टिजिन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताउनुभयो । गत वैशाखदेखि जिल्लामा सङ्क्रमित सङ्ख्या वृद्धि भएपनि मृ त्यु भएको थिएन । हालसम्म २९४ सङ्क्रमित रहेका जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर