महामारीको बेला रक्सि खानेहरु परे फन्दामा , ईटहरीका दुई जना होटेल सञ्चालक र छ जना ग्राहकलाई कारबाही — OSNepal

महामारीको बेला रक्सि खानेहरु परे फन्दामा , ईटहरीका दुई जना होटेल सञ्चालक र छ जना ग्राहकलाई कारबाही

LC (KTM) June 01, 2021 0

कोरोनाको संक्रमणले दिन दिनै नेपाल थलिरहेका बेला बेवास्ता गर्दै हिड्नेहरुको जमात पनि उत्तिकै रहेको छ । कोरोना लाग्छ भन्ने थाहा हुदा हुदै पनि अटेरी गर्नेलाई यतिबेला प्रसाशनले समेत कडाई गर्न थालेको छ ।

ईटहरीमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि जारी गरेको निषेधाज्ञा कार्यान्वयन नगर्ने दुई जना होटेल सञ्चालक र छ जना ग्राहकलाई प्रशासनले कारबाही गरेको छ। बढि जमात हुने , भिडभाडयुक्त ठाउँमा सरकारले निषेध नै लगाईरहेका बेला रातको समयमा मानिसहरु जम्मा गरि रक्सी खाने र खुवाउने नै कारबाहीमा परेका हुन् ।

लुकीछिपी होटेल सञ्चालन गर्ने तथा होटेलमा मादक पदार्थ सेवन गर्ने ग्राहकलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले पक्राउ गरी कारबाही गरेको गरेर छाडेको हो। इटहरी ९ बस्ने होटेल सञ्चालक ३१ वर्षीय ओम प्रकाश थापा र ५१ वर्षीय बाबु घिमिरेलाई जनही ७ हजार जरिवाना गरिएको प्रशासनले जनाएको छ।

होटेलमा मादक पदार्थ सेवन गर्ने इटहरीका २५ वर्षीय राहुल चौधरी, २३ वर्षीय रोहन साह, ३६ वर्षीय समय वाक, २८ वर्षीय सुनिल दुलही, ४९ वर्षीय मनोज सिंह र ३६ वर्षीय लालटु दासलाई ३ हजारका दरले जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर