नेपाली फुटबल फ्यानहरुका लागि खुशीको खबर, विश्वकप छनौट अन्तगर्त नेपालले खेल्ने तीनै खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने — OSNepal

नेपाली फुटबल फ्यानहरुका लागि खुशीको खबर, विश्वकप छनौट अन्तगर्त नेपालले खेल्ने तीनै खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने

LC (KTM) June 01, 2021 0

नेपाली फुटबल फ्यानहरुका लागि खुशीको खबर आएको छ । कुवेतमा हुने फिफा विश्वकप छनौट अन्तगर्त नेपालले खेल्ने तीनै खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ ।

विश्वकप छनौटको दोस्रो चरणमा नेपालले कुवेतमा तीन खेल खेल्नेछ । नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ । यी ३ वटै खेलको प्रत्यक्ष प्रशारण अब कानितपुरले गर्ने भएको हो ।

प्रत्यक्ष प्रशारणका लागि अखिल नेपाल फुटबल संघ एन्फा र कान्तिपुर टेलिभिजनविच सम्झौता भएको छ । यो संझौता संगै नेपाली फुटबलका पारखीहरुमा खुशीयाली छाएको हो । नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार राती पौने १० बाट हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर