काठमाडौं २ माघ । प्रदेश २ को स्थायी राजधानी वीरगन्ज बनाउनु पर्ने माग सहित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडी प्रदर्शन भएको छ ।
स्थानीय युवाहरुले महानगरपालिका—१३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको घर अगाडि आइतबार प्रर्दशन गरेका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा०का युवा नेताहरुको अगुवाइमा गरिएको प्रर्दशनमा वीरगन्जलाइ राजधानी बनाउनुपर्ने भन्दै वीरगन्ज बेच्न पाइँदैन लगायतका नारा लगाएका छन् ।
प्रदर्शनमा यस्ता मुख्यमन्त्री चाहिँदैन भन्दे नारा समेत लगाएका छन् । प्रदेश २ को राजधानंी र नामको टुंगो लगाउन भोली सोमबार मतदान हुने भएको छ ।