ज्वालामुखीपछि विस्फोटका कारण कुनै पनि बेला सुनामी आउन सक्ने भन्दै जापान र अमेरिकामा सुनामीको चेतावनी — OSNepal

ज्वालामुखीपछि विस्फोटका कारण कुनै पनि बेला सुनामी आउन सक्ने भन्दै जापान र अमेरिकामा सुनामीको चेतावनी

LC (KTM) January 16, 2022 0

न्युयोर्क, २ माघ-दक्षिणी प्रशान्तमा ज्वालामुखीपछि विस्फोटका कारण कुनै पनि बेला सुनामी आउने भन्दै अमेरिका र जापानले आफ्ना नागरिकहरुलाई सावधानी दशाईएको छ ।

तीन मिटरभन्दा अग्लो छाल आउन सक्ने र १.२ मिटर अग्लो छालले दक्षिणी क्षेत्रमा असर गर्न सक्ने जापानले चेतावनी दिएको छ । अमेरिकामा पनि पानीको छाल र सुनामीका कारण तटीय क्षेत्रमा बाढी आउन सक्ने जनाइएको छ ।

हुंगा तोंगा–हुंगा हापाई ज्वालामुखी विस्फोटको अवाज सुरुमा दक्षिणी प्रशान्त क्षेत्रभित्र सुनिएको र त्यसको असर अमेरिकाको तटीय क्षेत्रसम्म पुगेको जनाइएको छ ।

तोंगाका अधिकांश क्षेत्र खरानी भएको र विद्युत, फोन लाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । ज्वालामुखीले पु¥याएको क्षतिको पुरा विवरण सार्वजनिक हुन बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर