प्रदेश १ मा ७८१ जना कोरोना संक्रमण बाट मुक्त , ६६३ जना नयाँ संक्रमित थपिए — OSNepal

प्रदेश १ मा ७८१ जना कोरोना संक्रमण बाट मुक्त , ६६३ जना नयाँ संक्रमित थपिए

LC (KTM) June 01, 2021 0

प्रदेश १ मा आज ७८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमुणमुक्त हुनेमा ३५८ महिला र ४२३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ३४५ पुगेको छ ।

प्रदेश १ मा आज ६६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २७२, सुनसरीमा १८५, झापामा १३३, धनकुटामा २५, उदयपुरमा ७, इलाममा ६, ताप्लेजुङमा ३, सोलुखुम्वु, संखुवासभा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७० महिला र ९४ पुरुष सहित १६४, सुन्दरहरैचामा ३३, बुढीगंगामा २३, उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ७, कटहरीमा ६, जहदामा ४, धनपालथान, मिक्लाजुङ र ग्रामथानमा ३–३, बेलबारी र सुनबर्षीमा २–२, रतुवामाईमा १ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण भएको छ ।

सुनसरीको धरानमा ७५, इटहरीमा ६३, इनरुवामा ९, दुहवी र बर्जुमा ७–७, बराहक्षेत्रमा ६, कोशी गाउँपालिका र गढीमा ३–३, रामधुनी र देवानगञ्जमा २–२, भोक्राहानरसिंह र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका ६ जनामा संक्रमण भएको छ ।

झापाको भद्रपुरमा ६३, विर्तामोडमा १९, दमकमा ११, मेचीनगर र हल्दिबारीमा ८–८, कचनकवल र अर्जुनधारामा ५–५, बा¥हदशी र कनकाईमा ४–४, कमल गाउँपालिकामा ३, गौरीगञ्जमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा १६, शहिदभूमीमा ७, पाख्रिवास र चौवीसेमा १–१, उदयपुरको त्रियुगामा २, चौदण्डीगढी र बेलकामा १–१ र स्थानीय तह नखुलेका ३, इलामको चुलाचुलीमा ३, इलामनगरपालिका, रोङ र सुर्योदयमा १–१, ताप्लेजुङको श्रीजंगामा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण भएको छ ।

सोलुखुम्वुमा १ , संखुवासभाको पाँचखपन, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको साकेलामा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ५८ हजार ७४२ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ४९४ पुगेको छ । प्रदेश १ माआज १ हजार ९८६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २६८ महिला र ३९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर