काठमाडौँमा १०६० जनामा कोरोना संक्रमण पुष्टि, घट्न थालेको हो संक्रमण ? — OSNepal

काठमाडौँमा १०६० जनामा कोरोना संक्रमण पुष्टि, घट्न थालेको हो संक्रमण ?

LC (KTM) June 01, 2021 0

काठमाडौं । मंगलबार काठमाडौँ उपत्यकामा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा १०६० जना, भक्तपुरमा २१५ जना र ललितपुरमा २८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा मंगलबार थप ६०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षण गर्दा थप ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार मंगलबार ६८९८ ले कोरोनालाई जितेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ रहेको छ । त्यस्तै आज कोरोनाबाट ६८ जना संक्रमितको मृत्यु भएको छ, जुन २५ दिनयताकै कम हो । यो सहित संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर