आवश्यकता अनुसार ठाउँ विशेषमा लकडाउन गर्न सकिन्छ : मन्त्री खतिवडा — OSNepal

आवश्यकता अनुसार ठाउँ विशेषमा लकडाउन गर्न सकिन्छ : मन्त्री खतिवडा

LC (KTM) January 13, 2022 0

काठमाडौं २९ पौष । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले तत्काल लकडाउनको विषयमा आतंकित नहुन सबैलाई आग्रह गरेका छन् । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

पहिलाको जस्तो आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा सरकार नरहेको बताएका उनले आवश्यकताअनुसार ठाउँ विशेषमा लकडाउन गर्न भने गर्न सकिने बताएका छन् । उनले मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न र पहिलो, दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि सबैलाई आग्रह समेत गरेका छन् ।

तेस्रो भेरियन्टबाट बच्न सबैले सुरक्षाका मापदण्डहरु कडाइका साथ पालना गर्नुपर्ने देखिएको उनको भनाइ रहेको छ । हिजो बुधबार मात्रै ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर