पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन : गगन थापा — OSNepal

पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन : गगन थापा

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेका घटनाक्रमबाट पृथ्वीनारायण शाहलाई मूल्यांकन गर्नु न्यायसंगत नहुने बताएका छन् । आज मंगलबार राष्ट्रिय एकता दिवस तथा पृथ्वीनाराण शाहको ३०० सय औं जन्मजयन्तीको अवसरमा महामन्त्री थापाले सामाजिक सञ्जाल मार्फछ यस्तो बताएका हुन् ।

कुनै पनि राष्ट्र निर्माणका विभिन्न चरणहरु मध्ये पहिलो चरण भौगोलिक एकीकरण भएकाले पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता भएको थापाको तर्क रहेको छ ।

‘कुनै पनि राष्ट्र निर्माणका विभिन्न चरण हुन्छन्। पहिलो चरण भौगोलिक एकीकरण नै हो। भौगोलिक एकीकरण पश्चात प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन्। यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन।’ उनले भनेका छन् ।

पृथ्वी नारायण शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गर्न सकिने बताएका उनले तर,जे गर्न चाहेको भए तापनि त्यो अभियानले आधुनिक राज्यकालागि आवश्यक वृहत्तर भौगोलिक इकाई दिएको कुरा कसैले इन्कार गर्न नमिल्ने बताएका छन् ।

‘ किनकी सत्य यही हो, आज हामीसंग नेपालको जुन भौगोलिक इकाइ प्राप्त छ यो पृथ्वीनारायण शाहको अभियानको परिणाम नै हो। ‘ उनले भनेका छन् ।

आफुहरुले कहिलेकाहीँ तत्कालिक घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्ने गर्दा रहेछौं त्यो पनि न्यायसंगत नहुन सक्छ। त्यसैले,त्यो समय र सन्दर्भको आलोकमा नै इतिहासको त्यो योगदानको मुल्याङकन गर्नुपर्ने उनले बताएका छन् ।

३००औँ पृथ्वी जन्मजयन्तीको अवसरमा आजको दिन सम्मानपुर्वक उहाँलाई सम्झदै र हामीले बनाएको संविधानको जगमा नेपाल भित्रका सवै नेपालीलाई एकीकृत र संगठित गर्दै जाने प्रण गरौं ।थापाले अघि भनेका छन् ।

उनले भनेका छन् , ‘पृथ्वी नारायण शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गर्न सकिन्छ। तर,जे गर्न चाहेको भए तापनि त्यो अभियानले आधुनिक राज्यकालागि आवश्यक वृहत्तर भौगोलिक इकाई दिएको कुरा कसैले इन्कार गर्न मिल्दैन। किनकी सत्य यही हो, आज हामीसंग नेपालको जुन भौगोलिक इकाइ प्राप्त छ यो पृथ्वीनारायण शाहको अभियानको परिणाम नै हो।’

कुनै पनि राष्ट्र निर्माणका विभिन्न चरण हुन्छन्। पहिलो चरण भौगोलिक एकीकरण नै हो। भौगोलिक एकीकरण पश्चात प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन्। यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन।

पृथ्वीनारायण शाहको यो भुमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हु्न्छ भन्ने डर मान्नु आबश्यक छैन, न त पृथ्वीनारायणका सन्ततिहरुले गरेका र नगरेका कामहरूको कसीमा राखेर पृथ्वीनारायण शाहको अधिमुल्यन वा अवमूल्यन गर्नु नै सही हुने रहेछ। हामीले कहिलेकाहीँ तत्कालिक घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्ने गर्दा रहेछौं त्यो पनि न्यायसंगत नहुन सक्छ।

त्यसैले,त्यो समय र सन्दर्भको आलोकमा नै इतिहासको त्यो योगदानको मुल्याङकन गर्नुपर्छ।
३००औँ पृथ्वी जन्मजयन्तीको अवसरमा आजको दिन सम्मानपुर्वक उहाँलाई सम्झदै र हामीले बनाएको संविधानको जगमा नेपाल भित्रका सवै नेपालीलाई एकीकृत र संगठित गर्दै जाने प्रण गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर