जमुनाहा नाकामा कोरोना परिक्षण गर्न बसेका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि — OSNepal

जमुनाहा नाकामा कोरोना परिक्षण गर्न बसेका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि

LC (KTM) January 11, 2022 0

दाङ २७ पौष । कोरोना संक्रमण परिक्षण गर्न हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट नेपाल आउनेहरुको कोरोना परिक्षण गर्न नेपालगञ्जको जमुनाहा नाकाको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले दिएको जानकारी अनुसार अहिले उनीहरुलाई आइसोलेसनमा राखिएको छ ।

आज मात्रै ३ सय ९६ जनाको कोरोना परिक्षण गर्दा ३७ जनाको रिर्पोट पोजेटिभ आएको उनले बताएका छन् । केहि दिन यता भारतमा कोरोना संक्रमणको संख्या ह्रावात्तै बढेपछि नेपाल फर्किनेको संख्या बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर