कोरोनाको बढ्यो त्रास : एकैदिन २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा मात्र ३१३ जना भए निको — OSNepal

कोरोनाको बढ्यो त्रास : एकैदिन २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा मात्र ३१३ जना भए निको

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । नेपालमा पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आजसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित बढेपनि पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मात्र मृत्यु भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३१३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या ८ लाख १४ हजार ७९८ जना पुगेको छ ।

कोरोनाका बिरामीमध्ये ९३ जना आईसीयू र १९ जनाको ।भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर