पुर्व राजा ज्ञानेन्द्र सिंहदबार पुग्दा ‘गणतन्त्र मुर्दाबाद' भन्दै उत्रिएको जनसागर (तस्विरसहित) — OSNepal

पुर्व राजा ज्ञानेन्द्र सिंहदबार पुग्दा ‘गणतन्त्र मुर्दाबाद’ भन्दै उत्रिएको जनसागर (तस्विरसहित)

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पुर्व राजा ज्ञानेन्द्र शाह सिंहदरबार पुग्दा जनसागर नै उत्रिएको छ ।

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रममा सहभागीहरु हुन सिंहदरबार पुगेका पुर्व राजा ज्ञानेन्द्रले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् ।

यसैबिच राजतन्त्र समर्थकहरुले सिंहदरबारको मुलगेटमै ‘गणतन्त्र मुर्दाबाद!’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भन्दै नेपालको राष्ट्रिय झन्डासहित सहभागी नारा लगाएका थिए ।

आज पृथ्वीनारायण शाहको ३०० सय औं जन्मजयन्ती मानइँदै छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर