कोरोना संक्रमणको कारण एमालेको प्रदेश अधिवेशन सर्यो — OSNepal

कोरोना संक्रमणको कारण एमालेको प्रदेश अधिवेशन सर्यो

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । नेकपा एमालेको जारी प्रदेश अधिवेशन सरेको छ । एक नेताले दिएको जानकारी अनुसार कोरोना सक्रमण तिव्र रुपमा फैलिएको कारण अधिवेशन सारिएको हो ।

देशैभर जारी जिल्ला अधिवेशनबाट ५२ जिल्लाले नेतृत्व पाइसकेका छन् । बाँकी जिल्लामा अधिवेशन भइरहेको छ ।

केहि दिन यता बढेको कोरोना संक्रमणबाट राजनीतिक दलका नेताहरु बढी संक्रमित भएका छन् ।

एमालेको प्रदेश अघिवेशन माघ ८ गते हुने कार्यतालिका रहेको थियो । अब प्रदेश अधिवेशन माघ २८ र २९ का लागि सारिएको निकट स्रोतले जनाएको छ ।

आज मात्र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई कोरोना सक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर