ओलीको आशीर्वादसहित पहिलो पटक भूगोलको राजनीतिमा प्रवेश गरेका थापालाई पहिलो गाँसमै ढुंगा — OSNepal

ओलीको आशीर्वादसहित पहिलो पटक भूगोलको राजनीतिमा प्रवेश गरेका थापालाई पहिलो गाँसमै ढुंगा

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । नेकपा एमालेको देशभर जारी जिल्ला अधिवेशनमा विशेष सहित ५२ जिल्लामा नेतृत्व चयन भइसकेको अवस्थामा पार्टीले तीन बुँदे निर्देशन जारी गरेको छ ।

संगठन विभाग खगराज अधिकारीले जारी गरेको उक्त तिन बुँदे निर्देशनमा सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिँदै प्रतिस्पर्धा गर्न रोक लगाएपछि यसको अध्यक्ष केपी शर्मा ओली निकट सुर्य थापालाई पहिलो गाँसमै ढुंगा लागेको छ ।

पहिलो पटक भूगोलको जिम्मेवारी लिएर गएका थापाले आफुनिकट उम्मेदवार खडा गरी निवार्चन हुँदा बामदेव गौतम निकटका विजयविराज विष्टले जित हात पारेका छन् ।

थापाको समुहबाट उम्मेदवार बनेका नेहरसिंह केसीले १७६ मत ल्याई हार व्यहोरेका छन् , भने विष्टले ३ सय १४ मत ल्याई जित हात पारेका छन् । त्यस्तै उपाध्यक्षमा पनि थापा समुहले हार बेहोरेको छ ।

दशौं महाधिवेशनपछि पोलिटव्यूरो सदस्य भएर पार्टी अध्यक्ष ओलीको आशीर्वादसहित पहिलो पटक भूगोलको राजनीतिमा प्रवेश गरेका थापालाई विष्ट जिल्ला अध्यक्ष सँगै पहिलो गाँसमा नै ढुंगा लागेको हो ।

यसैगरी ,झगबहादुर विश्वकर्मा २९५ ल्याएर निर्वाचित भएका छन् । सचिवमा २७२ मत ल्याएर माधव शर्मा ,उपसचिवमा माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले ३ सय ७२ मत ल्याएर जित हात पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर