नकेपा एमालेको जिल्ला अधिवेशन : विशेषसहित ५२ जिल्लामा नेतृत्व चयन (नामावलीसहित) — OSNepal

नकेपा एमालेको जिल्ला अधिवेशन : विशेषसहित ५२ जिल्लामा नेतृत्व चयन (नामावलीसहित)

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । नकेपा एमालेको देशभर जारी जिल्ला अधिवेशनबाट ५० जिल्ला र दुई दुई गैरभौगोलिक तर्फको नेतृत्व सहित ५२ जना अध्यक्षमा चयन भइसकेका छन् ।

शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनबाट आज सम्म ५२ जना जिल्लामा नेतृत्व चयन भइसेको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले देशभर एकै चोटी भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गरेका थिए ।

भोली बुधबार सम्म अन्य जिल्लाको नतिजा पनि आउने रिजालले जनाएका छन् । नेतृत्व चयन सहमति र निर्वाचन गरी दुई तरिकाबाट भइरहेको छ ।

नेतृत्व चयन हुनेमा काठमाडौंमा दीपक निरौला, ललितपुरमा पुरुषोतम आचार्य, भक्तपुरमा बचन देउजा अध्यक्षमा चयन भएका छन् ।

यसैगरी ,झापा – दीपक कार्की, मोरङ – ऋषिकेश पोखरेल, खोटाङ – रामप्रसाद दंगाल, धनकुटा – इन्द्रमणि पराजुली, तेह्रथुम – तेजमान कन्दङवा,पाँचथर – राजकुमार भण्डारी
,भोजपुर –शरण राई, इलाम– महेश बस्नेत, सोलुखुम्बु– डुफकुमार बास्तोला, उदयपुर– प्रमेश्वर घिमिरे, ओखलढुंगा–शंकर कटुवाल,ताप्लेजुङ– भुपेन्द्रबहादुर थेबे,सप्तरी – ताराकान्त चौधरी, सिरहा– बिन्देश्वर मण्डल, धादिङ – भूमि त्रिपाठी,काभ्रेपलाञ्चोक – अशोक ब्यान्जू चयन भएका छन् ।

यस्तै, रसुवा – कर्णेल तामाङ,रामेछाप – आनन्दकुमार श्रेष्ठ,नुवाकोट – बद्री मैनाली,मकवानपुर – एकलाल श्रेष्ठ, सिन्धुली– कुमारबहादुर कार्की,दोलखाः नरबहादुर श्रेष्ठ,गोरखा – प्रेम गुरुङ, तनहुँ – श्रीप्रसाद श्रेष्ठ, म्याग्दी – देवेन्द्र केसी, लमजुङ – कृष्णप्रसाद अधिकारी, बागलुङ– हिराबहादुर केसी,पर्वत–राजु पौडेल,नवलपुर–मुक्ती पाण्डे, पाल्पा – धनेन्द्रराज घिमिरे,गुल्मी – बालकृष्ण काउछा मगर,अर्घाखाँची – पिताम्बर भुसाल,बाँके – किस्मत कुमार कक्षपती, बर्दिया – लालबहादुर श्रेष्ठ, दाङ – हुकुमबहादुर बस्नेत, रुपन्देही – तेजेन्द्र केसी अध्यक्षमा चयन भएका छन् ।

साथै कपिलवस्तु – डम्मर शर्मा,, नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी,प्युठान–बिजयविराज विष्ट,डोल्पा – शेरबहादुर बुढा,सल्यान – गोविन्द पुन मगर,जुम्ला – शान्तिलाल महत,रुकुम– नन्दराम देवकोटा,डडेल्धुरा – प्रकाश साउद,बैतडी– सुरेन्द्र पाल,डोटी–चक्र मल्ल, कैलाली– रतन थापा, मजदूर विशेष – जितेन्द्र श्रेष्ठ र पेशागत विशेष – उमेश ढकाल चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर