उपसभापति गुरुङको आग्रह : पृथ्वीनारायण शाहलाई सम्मान गरौं ,बिदेशी अतिक्रमणबाट देशलाई जोगाऔं — OSNepal

उपसभापति गुरुङको आग्रह : पृथ्वीनारायण शाहलाई सम्मान गरौं ,बिदेशी अतिक्रमणबाट देशलाई जोगाऔं

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पुर्व राजा पृथ्वीनारायण शाहको ३०० सय औं जन्मजयन्तीको अवसरमा शाह प्रति सम्मान व्यक्त सबैलाई आग्रह गरेका छन् ।

उपसभापति गुरुङ सामाजिक सञ्जाल टुवीटर मार्फत बिदेशी अतिक्रमणबाट देशलाई जोगाऔं भन्दै शाह प्रति सम्मान गर्न आग्रह गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमाथि सडक निमार्ण गर्दै गरेको कार्यप्रति अशन्तुष्ट भएका नेता गुरुङले भनेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमाथि गरिरहेको दावाका बारेमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्ता समेत गर्न जरुरी छ। ‘

‘पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाहप्रति सम्मान गरौं। विदेशी अतिक्रमणबाट देशलाई जोगाऔँ ।’उनले आग्रह गरेका छन् ।

पृथ्वी जयन्ती;
‘भारतीय प्र.म.मोदीले नेपालको भूमी लिपुलेक माथि गरिरहेको दावाका बारेमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्ता समेत गर्न जरुरी छ।
पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाह प्रति सम्मान गरौं। बिदेशी अतिक्रमणबाट देशलाई जोगाअौं।’
जय नेपाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर