देश पराईहरुको खेल मैदान बनिसकेकोले नेपालीले खतराको अनुभूति गरिरहेका छन् :पुर्व राजा ज्ञानेन्द्र — OSNepal

देश पराईहरुको खेल मैदान बनिसकेकोले नेपालीले खतराको अनुभूति गरिरहेका छन् :पुर्व राजा ज्ञानेन्द्र

LC (KTM) January 10, 2022 0

काठमाडौं २६ पौष । पुर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिमार्ता पृथ्वी नारायण शाहको ३०० औं जन्मजयन्तीको पुर्व सन्ध्यामा एक शुभकामना सन्देश जारी गरेका छन् ।

देश पराईहरुको खेल मैदान बनिसकेको बताएका पुर्व राजा शाहले नेपालीले खतराको अनुभूति गरिरहेको दावी गरेका छन् । ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले यस्तो बताएका हुन् ।

उनले राष्ट्रियताका आधारहरुमाथि प्रहार भई देशको अस्तित्वसमेत संकटमा परेको भन्दै एकताको महत्व र पृथ्वीनारायण शाहका योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको समेत बताएका छन् ।

भोली पौष २७ गते मंगलबार पुर्व राजा शाह सिंहदरबार जाने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर